प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने
आजको खबर | प्रकाशित : २०७५ भदौ १२ गते ३:५१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को १९औँ शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्नेछन् ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । उनले यसबीचमा संसद्मा सांसदले उठाएका समसामयिक विषयको पनि जवाफ दिनेछन् ।
यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको १९औँ शिखर सम्मेलन हुँदैछ ।रासस
२०७५ भदौ १२ गते ३:५१ मा प्रकाशित