बलिउड अभिनेता अर्जुन कपुर फिल्म सुटिङका लागि पोखरामा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १२ गते ६:१६

काठमाडौं । बलिउडका चर्चित अभिनेता अर्जुन कपुर नेपाल आएका छन्। सोमबार नेपाल आइपुगेका उनी सोही दिन बुद्ध एयरको विमानबाट पोखरा पुगेका हुन्।

उनि चलचित्र ‘इण्डियाज मोस्ट वान्टेट’को सुटिङका लागि नेपाल आएका हुन्। भारतको दिल्लीको सुटिङ सकेर नेपाल आएको ‘इण्डियाज मोस्ट वान्टेट’को पोखरा र आसपासका केही स्थानका समेत सुटिङ हुने भारतीय सञ्चारमध्यमले जनाएका छन्।

सुटिङका लागि उनीसँगै नायिका परिनीति चोपडा पनि नेपाल आएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

जानकारी अनुसार चलचित्रमा अर्जुन हरियाना पुलिसको ३० वर्षे अफिसरका भूमिकामा देखिँदैन्।

२०७५ भदौ १२ गते ६:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर