हाकिमका कुर्सीमा टावल नराख्न सहरी विकास मन्त्रालयको निर्देशन

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १२ गते ६:४१

काठमाडौं । सहरी विकास मन्त्रालयले सरकारी कर्मचारीको कुर्सीमा तौलिया (टावल) नराख्न निर्देशन दिएको छ ।

कुर्सीमा टावल राख्दा अशोभनीय देखिएको भन्ने गुनासो आएपछि मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिँदै कुर्सीमा तौलिया नराख्न भनेको हो।

हेलो सरकारले कुर्सीमा तौलिया नराख्न पत्राचार गरेपछि सोहीअनुसार मन्त्रालयले कार्यान्वयन गरेको जानकारी हेलो सरकारलाई आइतबार पठाएको छ। कुर्सीमा फोहोर भइसकेका तौलिया पनि राख्दा अशोभनीय देखिएको भन्दै सेवाग्राहीले हेलो सरकारमा गुनासो गरेका थिए। हेलो सरकारले गुनासो मन्त्रालय तथा विभिन्न निकायमा पठाएको थियो।

मन्त्रालयका उपसचिव निर्माण कुमार कार्कीले मातहतका निकायलाई परिपत्र पठाउँदै कुर्सीमा राखेका तौलिया व्यवस्थापन गर्न निर्देशन दिएका हुन्।

कार्यालय परिसर तथा कोठाहरू दैनिक सफा राख्न पनि मन्त्रालयले परिपत्रमार्फत् भनेको छ।

२०७५ भदौ १२ गते ६:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर