विद्यालय हिँडेका बालक बेपत्ता

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १२ गते ७:०४

महोत्तरी । विद्यालय जान हिँडेका एक बालक महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको मटिहानी चोकबाट बेपत्ता भएका छन् ।

धनुषा जिल्लाको नगराइन नगरपालिका–२ का १४ वर्षीय बालक हेमन्तकुमार चौधरी सोमबार आफ्नो घरबाट जलेश्वर नगरपालिका–९ परिकौलीमा अवस्थित दामोदर एकेडमीमा पढ्नका लागि आइरहेका बेला बेपत्ता भएका हुन् ।

बेपत्ता विद्यार्थीको खोजीका लागि विशेष अभियान चालेको तथा उनको खोजतलाश व्यापक रुपमा भइरहेको जनाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

२०७५ भदौ १२ गते ७:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर