त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेकलाई प्रवेश निषेध

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १२ गते ७:२५

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुबाहेक अन्य आगन्तुकलाई प्रवेश निषेध गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यात्रुबाहेक अन्यलाई प्रवेशमा रोक लगाएको जनाएको हो।

बिमस्टेक शिखर सम्मेलनमा पाहुनाको आवागमन र सुरक्षालाई ध्यान दिँदै यस्तो व्यवस्था गरिएको हो। विमानस्थलमा एक्लै जान असक्षम रहेका यात्रुले एकजनासम्म सहयोगी मात्र भित्र लिएर जान सक्नेछन्।

सहयोगीले पनि १० देखि १५ मिनेट सम्ममा बाहिर आइसक्नुपर्नेछ। त्यस्तै, भाडाका ट्याक्सीलाई पनि विमानस्थलको गोल्डेन गेटभित्र प्रवेश गर्न पनि निषेध गरिएको छ।

२०७५ भदौ १२ गते ७:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर