ग्रामीण क्षेत्रका पत्रकारका समस्या समाधानका गर्ने उपसभामुखको प्रतिबद्वता

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १२ गते ८:४८

मोरङ । प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले ग्रामीण क्षेत्रका पत्रकारका समस्या समाधानका लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने बताएकी छिन् ।

गृहनगर मोरङको उर्लाबारीमा सञ्चार क्लब नेपाल, उर्लाबारीले आयोजना गरेको छलफलमा ग्रामीण क्षेत्रको पत्रकारिताको अवस्था तथा समस्याका बारेमा जानकारी लिँदै उपसभामुखले पत्रकारको क्षमता अभिवृद्धिका लागि पनि आफूले प्रयास गर्ने आश्वासन दिए ।

नेपाल पत्रकार महासङ्घ मोरङका पूर्वसहसचिव मोहन भट्टराई, अग्रज पत्रकार दुर्गाप्रसाद भट्टराई, पत्रकार जगन्नाथ भट्टराई, केदार चौहान, भूपेन्द्र तिम्सिना, मिलन के राउत, घनश्याम भण्डारीलगायतले पूर्वी मोरङका पत्रकार तथा सञ्चारमाध्यमको अवस्थाका बारेमा उपसभामुखलाई अवगत गराएका थिए।

उनीहरुले पत्रपत्रिकाको वर्गीकरण, विज्ञापन, पत्रकारको क्षमता विकासका लागि तालीमलगायत विषयमा पनि उनलाई जानकारी दिएका थिए । क्लबका अध्यक्ष सरोज बस्नेतले संस्थाको उर्लाबारीको भवन निर्माणका लागि आवश्यक पहल गरिदिन उपसभामुख तुम्बाहाम्फेलाई आग्रह गरेका थिए ।

२०७५ भदौ १२ गते ८:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर