निर्मला हत्याः एसपी विष्टका छोराले खोले नयाँ रहस्य

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १२ गते ९:०८

काठमाडौँ । कञ्चनपुरकी निर्मला पन्त हत्यामा संलग्न भनिएका निलम्बनमा परेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोराले आफू उक्त हत्याकाण्डमा सामेल नरहेको पुष्टि गरेका छन् ।

विष्टका छोराले लिखित रुपमा आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘‘कल्पना नै नगरेको निन्दनीय र घृणित कार्यमा एसपी विष्टको छोराको संलग्नता भएको भनी सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रचारप्रसार भएको कुरा निराधार, तथ्यहिन, भ्रामक समाचार प्रेषण गरी व्यक्तिगत चरित्रहत्या गर्न खोजिएकोले आधिकारिकता पुष्टि नभई प्रमाणबिना प्रसारण नगर्न अनुरोध गर्दछु ।’

साथै उनले आफू साउन १० गते जन्म दिन मनाउन व्यस्त रहेकाले बम दिदी बहिनीलाई नचिन्ने दाबी गरेका छन् । उनले भनेका छन्, ‘बम सिस्टर र मेयरको भतिजा भनिएका व्यक्तिहरु कसैलाई नचिन्ने र कुनै सम्बन्ध नरहेको । म एसपी विष्टको छोरा मात्र नभई नेपालको नागरिक र एउटा सर्वसाधारण पनि भएको नताले प्रोफेसनल कुरालाई परिवारसँग नजोड्न अनुरोध गर्न चाहान्छु । ’

यस्तो छ एसपी विष्टका छोराले जारी गरेको आफ्नो धारणाः –हामीले कल्पना नै गर्न नसक्ने निन्दनिय र घृणित कार्यमा एसपी विष्टको छोराको संलग्नता भएको भनि सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रचारप्रसार भएको कुरा निराधार र तथ्यहिन भ्रामक समाचार तयार गरी प्रेषण गरी व्यक्तिगत चरित्रहत्या गर्न खोजिएको हुनाले आधिकारिकता पूष्टी नभई प्रमाण विना प्रशारण नगर्न अनुरोध गर्न चाहन्छु ।

–साउन १० गतेका दिन मेरो जन्म दिन भएको साथै फोटोसुट गर्ने कार्यक्रम रहेकाले दिन भरी व्यस्त थिएँ र राति साथीसँग आफ्नै घरमा जन्मदिन मनाएको कुरा अवगत गराउन चाहान्छु ।

–निर्मला पन्त बहिनीले न्याय पाउनुपर्दछ र असली अपराधीले सजाय यसको लागी इन्भेस्टीगेसनका लागि प्रोसेसमा आवश्यक परेको खण्डमा इन्भेस्टीगेसन टिमलाई सहयोग गर्न सँधै तयार छु र म निर्दोष भएको प्रमाण पनि दिन चाहान्छु ।

–बम सिस्टर र मेयरको भतिजा भनिएका व्यक्तिहरु कसैलाई नचिन्ने र कुनै सम्बन्ध नरहेको । म एसपी विष्टको छोरा मात्र नभई नेपालको नागरिक र एउटा सर्वसाधारण पनि भएको नताले प्रोफेसनल कुरालाई परिवारसँग नजोड्न अनुरोध गर्न चाहान्छु ।

विना गल्ती सामाजिक सञ्जाल र मानसिक यातना खेप्नु परेको, इज्जत र करियरमा दाग लगाई भविष्य अन्धकार बनाउन खोजिएकोमा आधिकारीकता पुष्टी नभई विना प्रमाण सूचना प्रेषण गरी अफवाह फैलाउने सामाजिक सञ्जालहरुमाथि छानविन गरी आवश्यक कारवाही गर्न सरकारसँग माग गर्दछु ।

–मैले अनलाइन खबर मार्फत यस्तो तथ्यहिन कुराको जानकारी पाएको हुँदा उक्त विषय किन र के का आधारमा प्रेषण गरिएको हो । सो कुराको पुष्टी गर्न अनलाईन खबरलाई अनुरोध । अन्तमाः पत्रकार ज्यूहरुले सत्य र तथ्य कुरा मात्र प्रसारण गर्न विनम्र अनुरोध गर्दछु । एसपी विष्टको छोरा

२०७५ भदौ १२ गते ९:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर