बलिउड अभिनेता राज कपुरको स्टुडियो बिक्रीमा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १२ गते ९:४१

मुम्बइ। ७० वर्षदेखि बलिउडको पहिचानको रुपमा रहेको आरके स्टुडियो खतरामा छ । राज कपुरले बनाएको यो स्टुडियोमा बलिउडमा कैयौं सुपरहिट फिल्महरु बनेका छन् । गतवर्ष आगो लागेर ठूलो नोक्सानी भएको यो स्टुडियोलाई फेरि बनाउनु फाइदाजनक नहुने देखिएपछि कपुर खानदानले यसलाई बेच्ने निर्णय गरेको छ । यो स्टुडियोलाई चर्चित बलिउड अभिनेता राज कपुरले १९४८ मा बनाएका थिए ।

राज कपुरका छोरा ऋषि कपुरले यसलाई ‘स्टेट अफ द आर्ट टेक्नोलोजी’को रुपमा फेरि बनाउने प्रस्ताव गरेका थिए तर उनका दाजु रणधीर कपुरले स्टुडियोको पुनर्निर्माण व्यवहारिक रुपले सम्भव नभएको बताएपछि अन्ततः स्टुडियो बेच्ने निर्णय गरिएको हो । रणधीर कपुरले मिडियासँग स्टुडियो बेच्ने निर्णय भएको पुष्टि गरेका छन् । आगो लागिपछि यसलाई पुनः बनाउनु फाइदाजनक नभएको उनले बताए । गतवर्ष १६ डिसेम्बरमा ‘सुपर डान्सर’को सेटमा आगो लागेपछि यसको भुइँतला पूरै नष्ट भएको थियो ।

रिपोर्टका अनुसार स्टुडियो बेच्नको लागि कुनै डेडलाइन तोकिएको छैन तर कपुर खानदानले प्रपर्टीका जानकारको एक टिमलाई यसलाई बेच्ने जिम्मा दिएका छन् । मुम्बइको चेम्बुर इलाकामा २ एकड जमिनमा बनेको यो स्टुडियोको मूल्यांकन गरेर यसको बिक्रीको प्रक्रिया अगाडि बढाइनेछ । यो स्टुडियोले बलिउडलाई कैयौं सुपरहित फिल्म दिएको छ ।

२०७५ भदौ १२ गते ९:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर