बिचित्रको सुट ! मुल्य मात्रै ३ करोड, जुन लगाएर प्रतिघण्टा ५० किलोमिटर उड्न सकिन्छ

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १२ गते ९:५५

एजेन्सी । विश्व विचित्रको छ। जसमा विकासोन्मुख र विकसित देशहरुले विभिन्न प्रकारका चमत्कारजन्य कुराहरु निर्माण तथा आविस्कार गरिसकेका छन्।

त्यसै अनुरुप बेलायतमा पनि यस्तो पोषाक बन्यो की जुन सुन्दैमा अचम्म लाग्छ । त्यो पोषाक लगाएपछि उड्न पनि सकिन्छ।

वेलायतका एकजना आविष्कारक तथा व्यवसायी रिचर्ड ब्राउनिङले आफ्नो सपनालाई मूर्तरुप दिएका छन्। उनले एउटा यस्तो सूट तयार पारेका छन् जसलाई लगाएर मानिस फिल्मी फेन्टेसीको आयरम्यान जसरी हावामा उड्न सक्छ।

उक्त पोषाक लगाएर मान्छेले प्रतिघण्टा ५० किमीको रफ्तारमा दूरी तय गर्न सक्छ। यसको मद्दतमा १२ हजार फीटसम्मको उचाईमा उड्न सकिन्छ।

उक्त शूटलाई पाँच जेट इन्जिन प्रयोग गरिएको छ जसले हावामा उडान भर्दा शरीरलाई सन्तुलित राख्छ। साथै विशेष प्रविधि र थ्रीडी प्रिंटेड पार्टस पनि प्रयोग गरिएको छ।

त्यो पोषाक (सुट) बेच्ने तयारी पनि गरिएको छ। जसको मूल्य करिब तीन करोड ४ लाख रुपैयाँसम्म पर्ने जनाएको छ।

लण्डन शहरमा तेलको कारोबार गर्ने ब्राउनिङको अनुसार उनको बुवा पनि हवाई जहाज कम्पनीका इन्जिनियर थिए। उनको हजुरबुबा पाइलट र बुढा हजुरबुबा हेलिकप्टर बनाउने काम गर्दथे।

ब्राउनिङको अनुसार उनको शूट सेनाको लागि एकदमै सहयोगी हुनेछ। त्यस शूटको मद्दतले हेलिकप्टर वा प्लेन नपुग्ने स्थानहरुमा पुग्न सकिने उनी बताउँछन्। उनले त्यस्ता शूट बनाउनका लागि ग्रेविटि नामको कम्पनी पनि स्थापना गरिसकेका छन्।

उनको १०५० हर्सपावरवाला शूटलाई लण्डनको एक डिपार्टमेन्टमा बेच्नका लागि राखिएको छ।

२०७५ भदौ १२ गते ९:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर