आफ्नै बाबुसँग फिल्म खेल्न अस्विकार गरीन् सैफ अलि खानकी छोरी साराले !

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १२ गते १०:०९

एजेन्सी । बलिउड अभिनेता सैफ अली खानकी छोरी साराले आफ्ना बुवासँगको फिल्म अस्वीकार गरेकी छन् । यो फिल्ममा सैफ र सारालाई बाबुछोरीको रोलमा नै अफर गरिएता पनि साराले रिजेक्ट गरेकी हुन् ।

भारतीय मिडियाको अनुसार सैफ छोरीसँग स्क्रिन सेयर गर्ने कुराले उत्साहित थिए । तर, साराले सो अफर अस्वीरकार गरेपछि सैफ निराश बनेका छन् । चलचित्र ‘हिन्दी मिडियम’को सिक्वेलमा उनले अस्वीकार गरेपछि सैफले पनि सो चलचित्रबाट हात छोड्न सक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अर्को वर्षदेखि लण्डनमा सुटिङको तयारी गरिएको सो फिल्म साराले इन्कार गरेपछि निर्देशक नयाँ हिरोइनको खोजीमा लागेका छन् ।

साराको हालसम्म बलिउडमा कुनै फिल्म पनि प्रदर्शन भएको छैन । साराले अभिनय गरेको पहिलो फिल्म ‘केदारनाथ’ विवादमा रुमल्लिएर स्थगित भएको छ भने अहिले दोस्रो फिल्म ‘सिम्बा’ मा व्यस्त छिन् ।

२०७५ भदौ १२ गते १०:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर