टाउको दुखिरहन्छ ? दुखाईबाट राहत पाउन प्रयोग गर्नुहोस् घरेलु ओखती

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १२ गते ११:०६

एजेन्सी, सिर दुख्दा हामी ज्यादा पसलबाट पेन किलर किनेर खाने गर्छौ । तर अधिक मात्रामा यसको सेवनले दुखाईमा राहत दिएपनि पछि यसले नकारात्मक असर गर्न थाल्छ । यतिसम्म कि कसै-कसैलाई त यसले बझोपनपनि गराउने गरेको छ । तर यदि हामीले त्यस्तो सानो-तिनो दुखाईमा घरेलु चिजहरुको उपयोग गर्न जानेउ भने आराम पनि, अनि त्यसमा हामीलाई सकारात्मक नतिजा पनि आउने गर्छ ।

१. तेज पत्तीको कालो चियामा कागतीको रस हालेर पिउनाले टाउको दुखेको राहत दिन्छ ।

२. सेतो चन्दनको पाउडर चौलानी पानीमा घोटेर टाउकोमा लगायो भने निको हुनेछ ।

३. सुतिको कपडा पानीमा भिजाएर निधारमा राख्नाले पनि आराम मिल्ने गर्छ ।

४. लहसुन, पानीमा पिसेर त्यसको लेप लगाउनाले पनि आराम मिल्नेछ ।

५. तुलसीको पत्तामाडेर त्यसको रस दिनमा २-३ पटक लगाउनाले पनि दुखेकोबाट राहत मिल्नेछ ।

६. चौलानी पानीमा जैफल माडेर त्यसको लेप लगायो भने आराम गर्छ ।

७. हरियो धनिया माडेर लेप लगायो भने २-३ दिनमा गहिरो दुखेको पनि निको पर्छ ।

२०७५ भदौ १२ गते ११:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर