करप्रसाद ओली भनेर कर आतंकको हौवा चलाइएको छ – प्रधानमन्त्री

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १२ गते ११:२२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अलमलमा नहरेको दाबी गरेका छन्। प्रतिनिधिसभाको मंगलबारबारको बैठकमा प्रधानमन्त्री ओलीले संविधानले व्यवस्था गरेको संरचनात्मक परिर्वतन र पुर्नसंरचनाको कम भइरहेको सरकार अलमलमा परेको भनी टिप्पणी गर्न नमिल्ने बताएका हुन्।

उनले नन इसुलाई उचालेर अनावश्यक भ्रम नफैलाउन प्रतिपक्षीलाई आग्रह गरे। सरकारले दायित्व पूरा गरेको भन्दै उनले यस अबधीमा संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन निर्माणका लागि झण्डै ५० वटा विधेयक मन्त्रिपरिषद्बाट पारित भइसकेको जनाए।

फागुन ३ गते आफ्नो नेतृत्वमा सरकार गठन भएयता गरिएका कामका बारेमा चर्चा हुने गरेको र त्यसलाई आफूले स्वभाविक लिएको भन्दै उनले भने, ‘एउटा टिप्पणी, सरकार कता अलमलियो भन्ने सुन्ने गरेको छु कही पनि अलमलिएको छैन।’

आर्थिक वर्षको सुरुवातसंँगै मन्त्रालयको पुर्नसंरचनाको काम सकिएको, कर्मचारी व्यवस्थापनको काम टुंगो लागेको तथा ७ सय ६१ वटा सरकार नै अहिले क्रियाशिल रहेको भन्दै उनले यही उपलब्धि नै संघीयताको सांगठनिक जग हाल्ने र मजबुत बनाउने काम भएको स्पष्ट पारे। साझा सूचीसँग सम्बन्धित विषयमा तीनै तहका सरकार स्पष्ट भई काम थालनी सुरु भएको भन्दै उनले यसले संघीयता मजबुत बनाउने काम गरेको दाबी गरे।

‘संघीयता कार्यान्वयनका लागि केही कानून बनाउन बाँकी नै छ। अघिल्लो सरकारले छोडेको काुनुनी शून्यताको विरासतका कारण केही अलमल देखिएको हुन सक्छ,’ प्रधानमन्त्रीले भने। उनले अघिल्लो सरकारले कानुन निर्माणको काम कत्ति पनि नगरेको टिप्पणी गरे।

आर्थिक वर्षको सुरुवातसंँगै मन्त्रालयको पुर्नसंरचनाको काम सकिएको, कर्मचारी व्यवस्थापनको काम टुंगो लागेको तथा ७ सय ६१ वटा सरकार नै अहिले क्रियाशिल रहेको भन्दै उनले यही उपलब्धि नै संघीयताको सांगठनिक जग हाल्ने र मजबुत बनाउने काम भए

नन इसुमा पटक पटक संसद अवरुद्ध भएको भन्दै उनले सरकार अलमलियो भनेर लगाउने आरोप अलिकति नमिलेको टिप्पणी गरे।
प्रधानमन्त्रीले नै भर्ना गरेको विद्यार्थी विद्यालय नगएको भन्दै विद्यालय भर्ना अभियानको बारेमा टिप्पणी हुने गरेको भन्दै उनले भने, ‘कहिलेकाही स्कुल नजाने अवस्था हुन सक्छ तर यो खिसिट्युरीको विषय बन्न सक्दैन।’

उनले सरकारले लोकतन्त्रका कुनै पनि पक्षलाई नकुल्चने र कुनै पनि किसिमको तानाशाहको पक्षमा नरहेको स्पष्ट पारे। आफूले सधै जनता र मुलुकका लागि काम गरिरहेकाले कसैको कसीमा सफलता जाँच गर्नु नपर्ने दाबी गर्दै उनले भने, ‘अरुले केही गरेपछि लोकतन्त्र नहुने यस्ता परिभाषा आउट टेडेट भए। मैले कुनै पार्टीसग टेस्ट पासको प्रमाणपत्र लिनुपर्ने भएँ म भन्ने मलाइ लाग्दैन। त्यो बेला भएका काम र यो बेला भएका काम हेरौं। तथ्य आँफै बोल्छ।’

मुलुक ऐन, फौजदारी देवयानी कार्यविधि संहिता माथिको टिप्पणीमा पनि दुई तिहाईको सरकारको दम्भ भन्ने गरिएको भन्दै आक्रोश पोखे। उनले भने, ‘दुई तिहाईको दम्भ भन्ने गरिन्छ। के यो मुलुकी ऐन दुई तिहाईको दम्भमा आएको हो? गत वर्ष यही सदनबाट पास भएको हो।’

आफनो नेतृत्वमा मुलुकी ऐन जारी गरेकोमा गर्व पनि गर्ने अनि त्रुटिपूर्ण पनि भन्ने भन्दै उनले भने, ‘यस्ता विषयलाई किन राजनीति मुद्दा बनाउने? त्रुटी छन् भने छलफल गरेर सच्याउ।’ प्रधानमन्त्री ओलीको उग्र राष्ट्रवादको कारुणीक विर्सजन भयो भन्ने प्रतिपक्षी कांग्रेसको टिप्पणीमा आफैलाई अप्ठ्यारो हुने गरी आरोप नलगाउन आग्रह गरे।

सरकार र पार्टी राष्ट्रवाद र सार्वभौम सत्ता सम्पन्न मुलुकका सवालमा जहाँ जसरी उभिनु पथ्र्यो त्यही रुपमा रहेको भन्दै उनले छिमेकी राष्ट्रहरुसँग पहिले र अहिले गरेका सम्झौताहरु कार्यान्वयनमा आएको दाबी गरे।

आफूलाई करप्रसाद ओली भनेर कर आतंकको हौवा चलाइएको भन्दै उनले सार्थक बहस सुरु गर्न प्रतिपक्षी दललाई आग्रह गरे।
सम्बानेधन पछि प्रधानमन्त्री ओलीलाई प्रतिपक्षी दलका सांसदहरुले कानुन निर्माण, महिला हिंसा नियन्त्रण तथा शान्ति सुरक्षाको प्रत्याभूति, अनावश्यक कर र मूल्य वृद्धि लगायत बारे प्रश्न सोधेका थिए।

२०७५ भदौ १२ गते ११:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर