सावधान ! फ्रिजको चिसो पानी पिउनु स्वास्थ्यका लागि घातक !

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १२ गते ११:३१

एजेन्सी,
स्वभाविक छ– गर्मीयाममा चिसो पानी जो कोहीलाई पिउन मन लाग्छ । अझ फ्रिजमा राखेको चिसो पानी पिउनुको त मज्जै अर्कै हुन्छ । धेरैजसो मानिस गर्मीमा फ्रिजकै पानी पिउन खोज्छन् । तर, त्यस्तो पानी पिउनुका बेफाइदाबारे भने धेरैजसोलाई ज्ञान नहुन सक्छ ?

थाहा पाउनुहोस् फ्रिजमा राखिएको पानी पिउनुका बेफाइदा :

१. कृत्रिम तरिकाले चिसो बनाइएको फ्रिजको पानी सामान्य तापक्रमभन्दा निकै चिसो हुन्छ, जुन हाम्रो स्वास्थ्यका लागि हानिकारक छ ।

२. फ्रिजमा चिस्याइएको पानी पिउनाले पेटको ठूलो आन्द्रामा नोक्सान पुग्छ । र, ठूलो आन्द्रा सुक्न थाल्छ । जसले गर्दा आद्राले सही तरिकाले काम गर्न सक्दैन । परिणामत : समयमा पेट दुख्ने समस्या आउन सक्छ ।

३. धेरै चिसो पानीको सेवनले लामो समयसम्म कब्जियतको समस्यासमेत स्वास्थ्यकर्मी बताउँछन् ।

४. धेरै चिसो पानी पिउँदा हाम्रो शरीरको कोषिका सुक्न थाल्छन् । जसले गर्दा ती कोषिकाले सही तरिकाले काम गर्दैनन् । यसको असर हाम्रो मेटाबोलिज्म तथा स्वास्थ्यमा समेत गर्छ ।

५ फ्रिजको पानी पिउनाले घाँटी खराब हुने सम्भावना ज्यादै धेरै हुन्छ । यदि तपाईंले दिनहुँ फ्रिजको चिसो पानी सेवन गर्नुहुन्छ भने होशियार हुनुहोस् कि, यसका कारण घाँटी, टन्सिल, फोक्सो तथा पाचन प्रणालीमा समेत विभिन्न समस्या देखिन थाल्छन् ।

२०७५ भदौ १२ गते ११:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर