बिवाह गर्न नमानेको भन्दै आमा र बाबु मिलेर आफ्नै छोरीलाई जिउँदै जलाएर हत्या

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १२ गते ११:४४

एजेन्सी । भारतको बिहारमा एक दम्पत्तिले आफ्नै छोरीलाई जिउँदै जलाएका छन् । विहारको पुरानो बजारमा शुक्रबार खुशबू नामकी युवतीलाई उनकै आमा र बाउले जिउँदै जलाएर हत्या गरेका हुन् । युवतिले विहे गर्न अस्वीकार गरेपछि रिसमा आमार बाबुले जलाएको मसौढी प्रहरीले जनाएको छ ।

उनले अहिले नै विहे नगर्ने र आफूले अझै पढ्ने इच्छा जाहेर गरेकी थिईन् । बाबु र सौतेनी आमाबाट जिउँदै जलाइएकी खुशबूको शुक्रबार राति पटना मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । खुशबूका दाई अमृत राजले प्रहरीमा उजुरी दर्ता गरेका थिए । पिता सुनील ठाकुर र सौतेनी आमा पूनम देवी र अन्य नातेदार मिलेर खुशबूको यसकारण जिउँदै जलाए कि उनले विहे गर्न अस्वीकार गरेकी थिईन् ।

भारतीय च्यानल आजतकका अनुसार मसौढी पुलिस स्टेशनका एसएचओ अरुण कुमार अकेलाले खुशबूको मृत्यु जल्नुकै कारण भएको बताए ।

खुस्बुका दाईको बयान अनुसार – पिता र सौतेनी आमाले दुई महिना पहिला नौबतपुरका एक अधवैशे उमेरका पुरुषसँग उसको विहे तय गरिदिएका थिए ।’ जब खुशबूले यो कुरा थाहा पाइन् तब उनले विहे अस्वीकार गरिन् जसका कारण उनका आमा बुवा निकै रिसाएका थिए । त्यसपछि खुशबूलाई घरमा असह्य यातना दिइयो र बुधबार राति पिता र सौतेली आमा लगायत मिलेर उनलाई जिउँदै जलाएर फरार भए ।

२०७५ भदौ १२ गते ११:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर