संसारका यी देश, जहाँ भिख माग्दा खानुपर्छ ‘जेलको हावा’ !

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १२ गते १२:३०

एजेन्सी । नेपाल र भारतमा भिख मागेर बसेको तपाई हामीले थुप्रै देख्न सकिन्छ । भिख माग्दा पनि सजाय हुन्छ भनेर सुन्दा तपाईं छक्क पर्ननुहुन्छ होला । तर, संसारमा यस्ता पनि थुप्रै देश छन्, जहाँ भिख माग्नु पनि अपराध मानिन्छ ।

ती देशमा भिख माग्दा दिइने सजाय फरक–फरकखाले छ । विश्वका केही देशमा भिख माग्ने सम्बन्धमा चर्चित कानुन यस्ता छन् ः

१) छिमेकी देश चीनमा भिख माग्ने तथा माग्न लगाउने मानिसलाई १० देखि १५ दिनसम्म जेलमा राखिन्छ ।

२) दक्षिण अस्ट्रेलियामा भिख माग्नेलाई २ सय ५० अमेरिकी डलर बराबरको रकम जरिमानाका रूपमा तिराइन्छ ।

३) बेलायतमामा सार्वजनिक स्थानमा जथाभावी बस्ने, सुत्ने तथा भिख माग्नेलाई गैरकानुनी मानिन्छ । जेल र जरिमाना दुवै सजाय हुने व्यवस्था छ ।

४) डेनमार्कमा भिख मागे ६ महिनासम्मको जेल सजाय हुनेछ ।

५) फ्रान्समा भिख माग्ने कार्यलाई गैरकानुनी कामको सूचीबाट हटाएको थियो । यद्यपि, त्यहाँ साना–बालबालिकालाई भिख माग्न लगाए वा प्रयोग गरिए कानुनी सजाय हुनेछ ।

६) फिनल्यान्डमा सन् २००३ को सार्वजनिक शान्ति सु–व्यवस्था ऐनले भिख माग्न दिँदैन । त्यसो गरेको पाइए राज्यले जेल सजाय दिने व्यवस्था रहेको छ ।

२०७५ भदौ १२ गते १२:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर