अवैध रुपमा लैजान लागेको सुनसहित भुटानी नागरिक विमानस्थलबाट पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १२ गते १५:००

काठमाडौँ । अवैध रुपमा लैजान लागेको १५७ दशमलव ३२ ग्राम सुनसहित प्रहरीले आज एक जना भुटानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा भुटानी नागरिक छिरिङ नाम्ग्याल रहेको छ। उनी भुटानतर्फ जान लागेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा उनलाई उक्त परिमाणको १६ थान सुनको प्याकेटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। आवश्यक अनुसन्धान एवं कारवाहीका लागि प्रहरीले उनलाई विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको छ।

मृत अवस्थामा फेला

बुटवल उपमहानगरपालिका–१ जितगढीस्थित तिनाउ खोलाको किनारमा आज नाम, थर र वतन नखुलेकी एक महिला मृत अवस्थामा फेला परेकी छिन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

अपराध अनुसन्धान तालीम समापन

जुनियर प्रहरी अधिकृतहरुका लागि सञ्चालित ३० औँ समूहको अपराध अनुसन्धान तालीम आज सुदूर पश्चिम क्षेत्रीय तालीम केन्द्रमा सम्पन्न भएको छ। सो अवसरमा तालीम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक रामकृपाल साहले सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालीममा सिकेका सैद्धान्तिक र व्यावहारिक ज्ञानलाई कार्य क्षेत्रमा लागू गर्न निर्देशन दिए। कूल ३३ कार्य दिन अवधिको उक्त तालीममा ३० प्रशिक्षार्थी सहभागी थिए।

२०७५ भदौ १२ गते १५:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर