बन्ने भयो अपाङ्ग सहितका लालाबाला पालेर बसेकी श्रीमान पीडित रिना विकको घर

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १२ गते १५:०४

पोखरा । केही समय अगाडी सामाजिक संजालमा भाइरल भएकी पोखरा याम्दीकी रिना विक मगरका लागी घर निर्काण कार्य सुरु भएको छ। आज मंगलबार घरको शिलन्यास समेत गरिएको छ।

आफ्नो घर कहाँ हो थाहा नभएकी, श्रीमानबाट टाढा रहेकी, एक अपाङ्ग छोरी सहित ३ सन्तान लाई लिएर सानो टिनको झुपडीमा बस्दै आएकी रिना विक मगरको दर्दनाक कथा पोखराको गण्डकी टेलिभिजनले सार्वजनिक गरेको थियो।

त्यस पश्चात देश बिदेशमा रहेका नेपालीहरुले स्वःइच्छाले सहयोग गरेका थिए। त्यसैको फलस्वरुप रिना मगरको घर बनाउन समभव भएको हो।शिलन्यास कार्यक्रममा देखिएका रोचक दृश्यहरु तलको भिडियोमा हेर्नुहोस :

२०७५ भदौ १२ गते १५:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर