६ फोटोमा हेर्नुहोस् भुटानका प्रधानमन्त्री त्रिभुवन विमानस्थलमा ओर्लिदा
आजको खबर | प्रकाशित : २०७५ भदौ १३ गते ४:०६

काठमाडौं । शुक्रबार र शनिबार काठमाडौंमा हुने विमस्टेक सम्मेलनका लागि भुटानका अन्तरिम प्रधानमन्त्री ल्योन्पो छिरिंग वांगचुक बुधबार बिहान काठमाडौं आएका छन्।
उनलाई त्रिभुवन विमान स्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन् । विमस्टेक सम्मेलनका लागि तयारी अन्तिम चरणमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सम्मेलनका नेपाल आउने पहिलो पाहुना भुटानी प्रधानमन्त्री वांगचुक हुन् । उनी त्यहाँका प्रधानन्यायधीशसमेत हुन् । सम्मेलनमा श्रीलंकका राष्ट्रपति, भारतीय प्रधानमन्त्री, थाईल्याण्डका प्रधानमन्त्री, म्यानमारका सरकार प्रमुख, वंगलादेशकी प्रधानमन्त्रीसमेत आउनेछन्।
२०७५ भदौ १३ गते ४:०६ मा प्रकाशित