एसिया कप छनोट : हारको कारणबारे कप्तान र कोचको निष्कर्ष एउटै, यस्तो छ कारण

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १३ गते १२:५२

काठमाडौं । एसिया कप छनोटका लागि बुधबारबाट मलेसियामा सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा नमिठो हार बेहोरेको छ । प्रतियोगिताको उपाधि दावेदार मानिएको नेपाल अर्काे बलियो प्रतिस्पर्धी ओमानसँग ७ विकेटले पराजित भयो ।

क्वाललम्पुरमा बुधबार भएको खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाएुर २२१ रन बनाएको थियो । नेपालका लागि सागर पुनले ८३, आरिफ शेखले ३६ र करण केसीले २६ रनको योगदान दिए पनि अन्यले राम्रो खेल्न सकेनन् । कमजोर स्कोर बनाएको नेपालका लागि हारको अर्काे कारण बन्यो फिल्डिङग ।

खास गरि विकेट किपर सुवास खकुरेलले विकेट पछाडी छाडेका क्याच नेपालका लागि महंगो भयो । लामो समयपछि टिममा आएका खकुरेलको बुधबारको खेलले उनी बिहीबार यूएईसँग खेल्छनकी खेल्दैनन् भन्ने शंका बढाएको छ ।

यो शंकामा कप्तान पारस खड्का र प्रशिक्षक जगत टमटाको भनाइले पनि बल दिएको छ । डिसि नेपालसँगको कुराकानीमा उनीहरु दुबै जनाले फिल्डिङलाई पनि हारको प्रमुख कारण मानेका छन् ।

कप्तान खड्काले भने हारिसकेपछि कसैको कमजोरी देखाउनुभन्दा पनि राम्रो गर्ने प्रयास हुनुपर्ने बताए ।

उनले फिल्डिङ पनि हारको कारण रहेको बताए । उता प्रशिक्षक जगत टमाटाले पनि फिल्डिङ र टसलाई पनि हारको कारण बताए ।

२०७५ भदौ १३ गते १२:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर