पानीले बाँध नाघेपछि एक सय गाउँमा पस्यो बढी

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १३ गते १३:१२

बागो, म्यानमार । अत्यधिक वर्षाका कारण म्यानमारको एउटा बाँध नाघेर पानी गएपछि झण्डै एक सय गाउँमा बाढीको असर परेको छ। आज बिहानै आएको बाढीका कारण मुलुकको सबैभन्दा ठूलो राजमार्गसमेत अवरुद्ध भएको सरकारी अधिकारीहरुले जनाएका छन्।

बाढीका कारण कसैको मृत्यु भएको खबर अहिलेसम्म आएको छैन भने हजारौँ विस्थापित भएको र अस्थायी शिविरहरुमा राखिएको समाचारमा जनाइएको छ। स्वार चाउङ बाँधको संरचनाले थेग्न नसकेपछि ठूलो वर्षापछिको पानी बाँध नाघेर बाढीका रुपमा गाउँ र राजमार्गमा गएको अधिकारीहरुको भनाइ छ।

बाढीका कारण याङ्गोनदेखि माण्डलासम्मको राजमार्गको पुल पनि भत्किएको छ। म्यानमारका दुई ठूला शहरबाट आवत जावत गर्न मुख्य आधारका रुपमा रहेको पुल भत्किएपछि ती शहरहरुको सम्पर्क टुटेको छ। “हामीसँग बाढीबाट प्रभावितहरुको यकिन तथ्याङ्क त छैन, तर बाढीले प्रभावित गरेका गाउँमा बस्नेहरुको जनसङ्ख्या झण्डै ५० हजारभन्दा बढी रहेको छ,” समाज कल्याण मन्त्रालयका निर्देशक फ्यु लाई तुनले एएफपीसँग भने।

बाढी प्रभावित झण्डै एक सय गाउँका झण्डै १२ हजार घरपरिवारलाई बाढीले असर पारेको उनको भनाईछ। म्यानमारको सेना प्रमुख मिन औङ हलाइङले पानी नरोकिएकाले बाढी पनि तत्काल रोकिने अवस्था नरहेको बताए।

२०७५ भदौ १३ गते १३:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर