‘उनले मलाइ सँगै लिएर जान्थिन् अनि मसँग …’ १४ वर्षीया किशोरीको चकित पार्ने बयान

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १३ गते १३:३१

एजेन्सी। खेल्ने, कुद्ने र पढाइ लेखाइ गर्ने हो १४ वर्षकी किशोरीले आफ्नो गरिव परिवारलाई आर्थिक सहयोग गर्ने सोच बनाइन्। यही कारण उनले आफ्नो सबै खुशीलाई थाँती राखेर अर्कैको घरमा सरसफाइको काम गर्न थालिन्।

यो सबै काम चलिरहेकी थियो। एक दिन अचानक एक महिला आउँछिन्। १४ वर्षीया किशोरीलाई मोटो रकम दिएर उनलाई आफूसँगै लैजान्छिन्। यी किशोरीलाई अहिले प्रहरीले उनलाई छुटाइसकेको छ। प्रहरीले जब ती बालिकाको बयान लियो तब प्रहरी नै छक्क पर्यो।

पंजाबको पटियालामा प्रहरीले गरिव परिवारलाई पैसाको लोभमा पारेर किशोरीलाई घरमा काम गर्ने वहानामा देश व्यापार गराउने गिरोहको पर्दाफास गरेको छ। यो गिरोह किशोरीलाई हिमाचल प्रदेश र अन्य राज्यमा लगेर वेश्यावृत्तिमा लगाउँथ्यो। प्रहरीले एक किशोरीको बयानका आधारमा कारवाही गर्दै एक महिला सदस्यसमेत किशोरीको बुवालाई समेत पक्राउ गरेको छ।

दुवै आरोपीलाई अदालतमा पेश गरिएको छ। ती किशोरीले आफूमाथिको आपत् यसरी सुनाइन्, उनले मलाइ आफ्नो साथमा लैजान्थिन् र गलत काम गराउँथिन्। मैले त्यस्तो काम गर्न अस्वीकार गरे पिट्थिइन्। र मेरो यौन शोषण हुन्थ्यो।’

प्रहरीका अनुसार ती १४ वर्षीया किशोरी परिवारका सबैभन्दा जेठी हुन्। उनको परिवार निकै गरिव छ। यही कारण उनका बुवाले अन्य चारजना छोराछोरीसहित उनकी आमालाई युपी पठाएका थिए। तर १४ वर्षीया किशोरी भने पटियालामा नै बसेर कसैको घरमा काम गर्थिन्।

करिव दुई महिनापछि आर्केस्ट्रामा काम गर्ने पटियालाकी नन्दिनी र बंडुगर निवासी लवप्रीतले आफ्नो घरमा काम गरेवापत महिनाको ३० हजार दिने भन्दै १४ वर्षीया किशोरीलाई आफूँसँग लगेका थिए। त्यहाँबाट ती किशोरीलाई मनाली पठाइयो जहाँ उनले देह व्यापार गर्नुपथ्र्यो।

२०७५ भदौ १३ गते १३:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर