जेब्राक्रसिङमा भिआइपि स्कर्टिङको मोटरसाइकलले नियन्त्रण गुमाएपछि… (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १३ गते १३:४७

काठमाडौं । म्यानमारका राष्ट्रपतिको सावरीका क्रममा काठमाडौंको कालिमाटीमा डरलाग्दो दुर्घटना भएको छ । ट्राफिक प्रहरीको साइरनजडित सेतो मोटरसाइकल जेब्राक्रसिङमा नियन्त्रण गुमाएर दुर्घटनामा परेको हो ।

बिमस्टेक सम्मेलनका लागि नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा प्रहरी हवल्दार दिनेश श्रेष्ठ सवार मोटरसाइकल दुर्घटनामा परेको हो ।

सवारीको पछिपछि कुँदेको मोटरसाइकल अचानक नियन्त्रण गुमाएर दुर्घटनामा परेको त्यो दृश्य सायामी मानन्धरको मोवाइलमा कैद भएको हो । घाइते श्रेष्ठको प्रहरी अस्पतालमा उपचार भैरहेको छ ।

भयावह दुर्घटनाको यो भिडियो रिपोर्ट हेर्नुस्ः

२०७५ भदौ १३ गते १३:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर