सय करोड क्लबमा अक्षय कुमारको ‘गोल्ड’

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १३ गते १४:२२

एजेन्सी ।बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘गोल्ड’ सानदार प्रदर्शन गर्दै बक्सअफिसमा सय करोड क्लबमा सामिल भएको छ । पहिलो दिन नै २५ करोडको कलेक्सन गरेको फिल्मले प्रदर्शनको १३ औं दिनमा सय करोड कमाएको हो ।

पहिलो हप्ता अर्थात् ९ दिनमा ‘गोल्ड’ ले ८९.३० करोडको कारोबार गरेको थियो । दोस्रो हप्ताबाट भने फिल्मको कमाईमा ठूलो गिरावट आएको छ । दोस्रो हप्ताको पहिलो दिन १.८५ करोड, दोस्रो दिन ३.१० करोड, चौथो दिन ४.७५ करोड र पाँचौ दिन १.४५ करोड कमाएको छ ।

पहिलो र दोस्रो हप्ताको कलेक्सन जोड्ने हो भने उक्त फिल्मले प्रदर्शनको १३ औं दिनमा सय करोडमाथिको विजनेश गरेको छ ।

अक्षय कुमारको यो फिल्ममा मौनी रोय, कुणाल कपूर, अमित साध, विनीत कुमार सिंह, सनी कौशल र निकिता दत्ता जस्ता कलाकारहरुको प्रमुख भूमिका छ । उक्त फिल्म भारतलाई हक्कीमा मिलेको पहिलो गोल्ड मेडलमा आधारित छ ।

यो फिल्मलाई रीमा कागतीले निर्देशन गरेका हुन् ।

२०७५ भदौ १३ गते १४:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर