बिमस्टेक सम्मेलनः आज जोर सवारी साधन संचालनमा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १४ गते १:१६

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिम्स्टेक)कौ चौथो शिखर सम्मेलन आज काठमाडौंमा सुरु हुँदैछ।

बिम्स्टेक सम्मेलनलाई मध्यनजर गर्दै बुधवारदेखि तीन दिनसम्म सार्वजनिक तथा निजी सवारी जोर विजोर नम्बरअनुसार संचालनमा छन्। जोर–बिजोर प्रणाली लागू भएको दोस्रो दिन आज जोर सवारी साधन संचालन भएका छन्। महानगरीय ट्राफिक प्रहरी प्रभागका अनुसार आज जोर दिनमा जोर नम्बर (नम्बर प्लेटको अन्तिम अंक ०,२,४,६ वा ८) भएका सवारी साधन चल्न पाउनेछन्।

अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, सूचना विभागको कार्ड भएका सञ्चारमाध्यमका सवारीसाधन र बिम्स्टेक सम्मेलनको कार्ड भएका तथा निमन्त्रणा गरिएका सवारीसाधनमा भने यो नियम लागू हुनेछैन् ।

राति १० बजेदेखि बिहान ६ बजेसम्म भने यातायातलाई कुनै मापदण्ड तोकिएको छैन।

२०७५ भदौ १४ गते १:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर