बिमस्टेकको चौथो सम्मेलन आजदेखि

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १४ गते २:०१

काठमाडौं। गहन सहकार्य र प्रतिबद्धता कार्यावन्यनमा जोड दिँदै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन बिहीबार (आज) राजधानीमा सुरु हुुँदैछ।

‘शान्ति, समृद्ध र दिगोतर्फ बंगालको खाडी क्षेत्र’ नारासहित आरम्भ हुने शिखर सम्मेलनमा सहभागी हुन तीन मुलुकका राष्ट्र एवं सरकार प्रमुख काठमाडौं आइसकेका छन्। बाँकी तीन सदस्य मुलुक बंगलादेश, भारत र थाइल्यान्डका प्रधानमन्त्री बिहीबार बिहान आइपुग्दै छन्।

शिखर सम्मेलनको घोषणापत्र बुधबार बसेको विदेश मन्त्रीस्तरीय बैठकले तय गरेको छ। घोषणपत्रस“गै बिम्स्टेक ऊर्जा ग्रिड निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने विषय अनुमोदन भएको छ। आतंकवाद, मानव बेचबिखन र अन्तरदेशीय अपराध नियन्त्रणको पछिल्लो व्यवस्थापनबारे सहकार्य गर्ने पनि सहमति भएको छ।

बैठकले मोटरभेहिकल सम्झौता गर्ने सहमतिबारे प्रस्ताव अघि बढाएको छ। यसको सम्झौता र आधारबारे शिखर सम्मेलनले तय गर्नेछ। यसबाहेक विभिन्न क्षेत्र कोस्टल सिपिङ समझदारी, भन्सार र स्वतन्त्र व्यापार क्षेत्र कार्यावन्यनको पक्षमा समेत छलफल भएर यसको सहकार्य शिखर सम्मेलनमा निधो गर्ने टुंगो भएको छ।

क्षेत्रीय समृद्धि र विकासका लागि सदस्य मुलुकबीच सहकार्य र साझेदारी नै अहिलेको अपरिहार्यता हो। आपसी समस्या ‘विनविन’ अवस्थामा अडेर समाधान गर्नपर्ने सुझाव समेत एक अर्कालाई दिइएको छ।

बिम्स्टेकको अधिकांश विषय विदेश मन्त्रीस्तरीय बैठकले तय गरेको हो । बुधबार अपरान्ह सम्पन्न १६औं मन्त्रीस्तरीय बैठकले बिम्स्टेकका प्रतिबद्धता कार्यावन्यनमा लैजाने र आगामी अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गर्ने निर्णय लिएको छ । पाँचौ शिखर सम्मेलन श्रीलंकाले आउँदो दुई वर्षमा गर्नेछ । बैठकले सन् २००४ मा भएको स्वतन्त्र व्यापार क्षेत्र कार्यावन्यन गर्न भएको सहमतिमा पुनः छलफल गरेको छ । यसका लागि भएका विभिन्न तहगत बैठकबारे छलफल भएको थियो।

२०७५ भदौ १४ गते २:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर