भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँमा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १४ गते ३:२५

काठमाडौं । बिमस्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आइपुगेका छन्।

उनी केहीबेर अघि मात्र भारतीय वायु सेवा निगमको बिमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। उनी विमानस्थलबाट सिधै पशुपतिनाथ दशन गर्न जाने कार्यक्रम छ। उनले पशुपतिमा धर्मशाला निर्माण गर्ने कार्यसूची पनि रहेको छ।

त्यस्तै सम्मेलनमा भाग लिन आज बंगलादेश र थाइल्याण्डका राष्ट्रप्रमुख पनि काठमाडौं आउँदैछन्। बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुट चान ओ चा काठमाडौं आउन लागेका हुन्।

त्यस्तै बिमस्टेक सम्मेलनमा भाग लिन आउने पाहुनालाई स्वागत गर्नका लागि आज बिहान ८ बजेदेखि झण्डै ११ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य कुनै पनि उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

त्यस्तै आजबाट सुरु हुन लागेको २ दिने सम्मेलन सकिएलगत्तै केही देशका सरकार प्रमुख फर्किने भएकाले शुक्रबार बेलुका पनि उडान तथा अवतरण प्रभावित हुने कार्यालयले जनाएको छ।

२०७५ भदौ १४ गते ३:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर