भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा, हेर्नुस् ९ तस्वीर
आजको खबर | प्रकाशित : २०७५ भदौ १४ गते ४:०५

काठमाडौं । बिमस्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आइपुगेका छन्।
उनी केहीबेर अघि मात्र भारतीय वायु सेवा निगमको बिमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।
विमानस्थलमा मोदीलाई रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतले स्वागत गरेका थिए । मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो ।
मोदी विमानस्थलबाट सोझै सम्मेलन स्थल होटल सोल्टीतर्फ लागेका छन् । मोदी आएलगत्तै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि काठमाडौं अवतरण गरेकी छन् । आर्यन धिमालले क्यामेरामा कैद गरेका नरेन्द्र मोदीका ९ तस्वीर हेर्नुहोस् ।
२०७५ भदौ १४ गते ४:०५ मा प्रकाशित