अभिषेकका कारण ऐश्वर्याको करिअर संकटमा !

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १४ गते १०:११

एजेन्सी । ऐश्वर्या राय र अभिषेक बच्चन बिवाह बन्धनमा बाँएको पनि वर्षौ भइसक्यो । विबाह हुनु अगाडी सर्वाधिक हिट एण्ड हट हिरोइनको परिचय बनाएकी सुन्दरी ऐश्वर्या विबाहपछि भने कमै फिल्ममा देखिएकी छिन् । उनी मात्रै होइन अभिषेकको करिअर पनि ओरालो लागिरहेको छ ।

ऐश्वर्याको पछिल्लो फिल्म ‘फन्ने खान’ फ्लप भयो । यो भन्दा अगाडि उनका दुई फिल्म ‘जज्बा’ र ‘सरबजित’ पनि असफल बनेपछि उनको करियर दाउमा परेको छ । अभिसेकको हालत त झन् उनको भन्दा पनि खराब बन्दै गएको छ । चार वर्षसम्म एउटै फिल्म नपाएपछि रित्तो हात बसेका वच्चनले बल्लबल्ल ‘मनमर्जिया’ पाएका छन्, तर यो फिल्मले पनि कुनै चमत्कार गर्ने छाँट नदेखिएको भारतीय मिडियाको दाबी छ ।

प्रख्यात निर्देशक सञ्जय लिला भन्सालीले आफ्नो आगामी फिल्मका लागि ऐश्वर्यालाई अफर गर्दा अर्का निर्देशकले दुवैलाई लिने गरेको घोषणामा उनले एक्लै नखेली पतिसँग काम गर्ने भनेकी छिन् । ऐश्वर्याको यो निर्णयले उनको करिअर नै दाउमा लागेको छ ।

२०७५ भदौ १४ गते १०:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर