बेकाबु फ्यानका कारण कोठाभित्र थुनिईन् सनी लियोनी, भयो यस्तो हाल

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १४ गते १२:००

मुम्बइ। मुम्बइको एक सपिङ मलमा एउटा कपडाको ब्राण्डको लञ्च गर्नको लागि सनी लियोनी पुगेकी थिइन् । तर उनी त्यहाँ आउनु ठूलो समस्याको कारण बन्यो । मलमा जब सनी लियोनी प्रवेश गरिन् त्यहाँ भएका मानिसहरुले थाहा पाइहाले र उनीहरु सनीको एक झलकको लागि ओइरिए । सनी आएको खबर आसपासका क्षेत्रमा आगोझैं फैलियो ।

भीड यतिसम्म बढेको थियो कि कार्यक्रमपछि उनलाई त्यहाँबाट बाहिर निकाल्नै मुस्किल भयो । भीडलाई हटाउन र सुरक्षाको दृष्टिले स्टोर मालिक र डिजाइनरले स्टोरको शटर भित्रबाट बन्द गरिदिए ताकि भीडलाई लागोस् कि कार्यक्रम सकिइसकेको छ र सनी गइसकेकी छिन् । तर, यसरी शटर बन्द गर्नु निकै भारी पर्यो किनकि यो शटर भित्र र बाहिर दुवै तर्फबाट लक भयो । हतारमा ख्याल नगर्दा इलेक्ट्रोनिक शटर पूरै बन्द भइसकेको थियो ।

शटर खोल्न पूरै १ घण्टा लाग्यो । सनीसँग उनका पति डेनियल पनि थिए । पूरै कार्यक्रम सकिएपछि र भीड हटेपछि जब शटर खोल्ने कोसिस गरियो, शटर खोल्न सकिएन । शटर खोल्न नसकेपछि मलका कर्मचारीलाई सूचना दिइयो । हतारमा शटर बन्द गर्दा प्राविधिक खराबी आएको थियो अटोमेटिक शटरलाई हतारमा बन्द गर्दा आएको समस्या ठिक गर्न १ घण्टा लाग्यो । मलका कर्मचारीले त्यहाँ पूरै बिजुली बन्द गरेर शटरलाई रिसेट गरे ।

यो सब गर्न करिब १ घण्टा लाग्यो । बिजुली नभएको र बन्द शटरमा गर्मी र अँध्यारोमा सनी र उनका पति स्टोरभित्रै फसे । शटर खुल्नासाथ सनी र डेनियल तुरुन्तै बाहिर निस्के र गाडीमा बसेर गए । सनी आफ्ना बेकाबु फ्यानका कारण समस्यामा परेको यो पहिलो पटक भने होइन । यसअघि पनि उनी फ्यानका कारण बेलाबेला समस्यामा पर्ने गरेकी छिन् । – डीसी नेपाल

२०७५ भदौ १४ गते १२:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर