एशियाकप छनोटः नेपाल युएइसँग ७८ रनले पराजित

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १४ गते १२:३६

काठमाडौं। एशियाकप छनोटमा आफ्नो दोस्रो खेलमा नेपाल युएइसँग ७८ रनले पराजित भएको छ । २५५ रनको लक्ष्य पाएको नेपालले लक्ष्य पच्छ्याउने क्रममा १७६ रनमै अलआउट भएको हो । युएइसँग मलेसियाको किनरारा ओभलमा खेलिरहेको नेपालले ४८ ओभर ५ बलमात्र खेल्न सक्यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएइले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको थियो ।

पहिलो ओभरमै उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएपछि नेपालको इनिङ धर्मराएको थियो । त्यसपछि आएका कप्तान पारस खड्का र सागर पुन पनि सस्तैमा आउट भए । पाँचौं नम्बरमा आएका दिपेन्द्रसिंह ऐरीले ओपनर सुवार खकुरेलसँग मिलेर केहीबेर नेपालको इनिङ सम्हाल्ने प्रयास गरे ।

अर्धशतक प्रहार गरेसँगै ठूलो सट खेल्ने प्रयासमा खकुरेल आउट भएपछि नेपालको ब्याटिङ लाइन सम्हालिन सकेन । त्यसपछि लगातार विकेट झर्दै गयो । नेपालका लागि सुवास खकुरेलले ५०, दिपेन्द्रसिंह ऐरीले ४० रनको योगदान दिए । सोमपाल कामीले ९ नम्बरम आएर २७ रनको योगदान दिए । अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेख्य रहन सकेन ।

यसअघि युएइका लागि चिराग सुरीले सर्वाधिक ६५ रन बनाए । अदनान मुफ्तीले नटआउट ५७, अस्फाक अहमदले ५५ रमिज शहजादले ३५ रन बनाए । नेपालको लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए । २.४० को सर्वाधिक किफयती बलिङ गरेका सन्दिपले १० ओभरमा मात्रै २४ रन दिए । यस क्रममा उनले २ ओभर मेडन फाले । बसन्त रेग्मी र सोमपाल कामीले २–२ विकेट लिए।
डिसी नेपालबाट साभार

२०७५ भदौ १४ गते १२:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर