नेपाल हिजो पनि हिन्दुराष्ट्र थियो, आज पनि छ र भोली पनि रहनेछ : कमल थापा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १४ गते १२:३७

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र पुनःस्थापना हुने ठोकुवा गरेका छन् । प्रदेश नं १ स्तरीय ‘हिन्दुराष्ट्र पुनःस्थापना राष्ट्रिय जागरण अभियान’ को विराटनगरमा शुभारम्भ गर्दै अध्यक्ष थापाले सो कुराको ठोकुवा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले कुनै राजनीतिक क्रान्ति तथा आन्दोलनले नभई केही दलका नेताहरुले व्यक्तिगत स्वार्थसिद्ध गर्न रातारात हिन्दुराष्ट्र हटाएर धर्म निरपेक्ष बनाएको उल्लेख गर्दै राजनीतिक रुपबाट भएको परिवर्तनलाई राजनीतिक रुपबाटै परिवर्तन गर्न राप्रपाले हिन्दु राष्ट्रको एजेण्डा बोकेको बताए । उनले भने, ‘नेपाल हिजो पनि हिन्दुराष्ट्र थियो, आज पनि छ र भोली पनि रहनेछ ।’

हिन्दुराष्ट्र र सनातन धर्म नेपालीको पहिचान, एकताको आधार तथा राष्ट्रिय अस्तित्वको आधारस्तम्भ भएकोले नेपाली बीचको एकतालाई बलियो बनाउन हिन्दुराष्ट्र अपरिहार्य भएको उललेख गर्दै अध्यक्ष थापाले केन्द्रबाट सुरु भएको हिन्दुराष्ट्र पुनःस्थापना जनजागरण अभियान प्रदेश, जिल्ला हुँदै ७५३ वटै स्थानीय निकायमा सञ्चालन हुने बताए ।

२०७५ भदौ १४ गते १२:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर