चिनियाँ केटासँग किन बिहे गर्दैनन् भारतीय केटी ?

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १४ गते १२:४१

बीबीसी । चीनको इन्टरनेटमा आजभोली एक गज्जबको बहस सुरु भएको छ । र बहसको मुद्दा हो भारतीय केटी चिनियाँ केटासँग किन बिहे गदैनन् ।

सबैभन्दा पहिला यो प्रश्न चीनको वेबसाईट झिहूमा एक वर्ष पहिला उठाइएको थियो । यो वेबसाईटमा मानिसहरु प्रश्न गर्छन् र उपयोगकर्ता आफ्नो तरिकाले जवाफ दिने कोशिस गर्छन् ।

पछिल्ला केही दिनदेखि यो मुद्दामा फेरी बहस भएको छ । हालसम्म १२ लाख मानिसले यो मुद्दामा आफ्नो राय दिइसकेका छन् ।
दुबै देशको लैंगिक अनुपातका कारण पनि यो बहस पेचिलो बनेको छ ।

चीनमा महिलाभन्दा करिब ३४ लाख पुरुष बढि छन् । यसको कारण चीनको एक बच्चा नीति हो जसलाई सन् २०१५देखि हटाइएको छ । उता भारतमा पनि महिलाभन्द्या ३७ लाख पुरुष बढि छन् ।

भारतमा दाइजोमाथि प्रतिवन्धका बावजुद केटीका बाबुआमा क्यास पैसाका साथै गहना र अन्य सामान दिन्छन् भने चीनमा ठिक उल्टो प्रचलन छ । त्यहाँ दुल्हनलाई महंगो गिफ्ट दिने चलन छ । झिहु नामको वेबसाईटका अनुसार चीनमा सामान्यताय मगनीका बेला दुल्हनलाई १ लाख युआन दिनुपर्छ जुन १० लाख भारु बराबर हो ।

सो वेबसाईटमा एकजनाले लामो पोस्ट गरेको छ, ‘यो कुनै पनि भारतीय किसानको १० वर्षको कमाई हो । आफ्नी छोरीको बिहेमा ठूलो धनराशी खर्च गर्नुको साटो चीनमा बिहे गरेर राम्रै कमाउन सकिन्छ ।’

पोस्टमा थप लेखिएको छ, ‘चीनका गाउँ भारतका भन्दा राम्रा छन् र यदि कुनै भारतीय केटीको बिहे चिनियाँ शहरी केटासँग भए त यो फरक दुई गुणा बढ्छ । यही कारण मेरो उत्सुकता बढ्दै गएको छ ।

चिनियाँ केटा भियतनाम, बर्मा, र यहासम्मकी यूक्रेनका केटीहरुसँग बिहे गरिरहेका छन् । तर भारतीय केटीहरुसँग किन गर्दैनन् ।’
दुबै देशबीच सांस्कृतिक सम्बन्ध राम्रो हुँदै गएको छ । तर भारतीय केटी र चिनियाँ केटाको जोडी अँझै पनि कमै देख्न पाइन्छ ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार चीनको म्यासेजिङ्ग एप वी च्याटका २०० भारतीय चिनियाँ जोडीमा जम्मा एक यस्तो जोडी थियो जसमा भारतीय केटी र चिनियाँ केटा ।

झिहुको कमेन्ट सेक्सनमा दाइजोमागि तातो बहस भइरहेको छ । त्यहाँ दाइजाको ठूलो रकमका कारण मानिसको ज्यानसमेत जानेगरेको टिप्पणी भइरहेको छ ।

बेइजिङ विश्वविद्यालयमा बढिरहेका हे वेइले झिहुमा चलिरहेको बहसको भाषमा आपत्ति जनाए । उनले मंगलबार लेखेकी भारतमा बिहे पैसाँका लागि मात्र हुँदैन ।

आमिर खानको फिल्म दंगलको उदाहरण दिँदै उनले लेखेका छन्, ‘भारत र चीनका सहरी मध्यमवर्गका खासै फरक छैन, यो वर्ग दुबै देशमा विन्दास छ र यो वर्गमा कोही पनि कुनै पनि विदेही व्यक्तिसँग बिहेका लागि तयार हुनसक्छ ।’

केही मानिस चर्चा गर्छन्की लैंगिक अनुपात चीनमा भन्दा भारतमा खराब छ । एक प्रयोगकर्ताले लेखेका छन्की भारतीय केटी चिनियाँ केटासँग बिहे नगर्नुको कारण खासमा उनीहरुबीच भेट नै हुँदैन ।

उनले लेखेका छन्, ‘केयौं भारतीय पुरुष चीन र हङकङमा काम गर्छन तर त्यहाँ भारतीय महिलाको संख्या नगन्य छ । यसको विपरित अफ्रिकामा कयौं चिनियाँ केटाहरु काम गर्छन् जसको कारण यी मध्ये केही अफ्रिकी केटीसँग बिहे गर्छन् ।’

फेङग नामको एक प्रयोगकर्ताले लेखेका छन्, ‘भारतीय महिलामाथि पारिवारिक मूल्यको बोझ पनि रहन्छ । साथै भारतीय पुरुष स्मार्ट हुन्छन् उनीहरुका सामु चिनियाँ पुरुष कमजोर देखिन्छन् ।’

केही मानिसले त यो पनि भनेका छनकी भारतीय अभिभावक आफ्नी छोरीहरुको बिहे चिनियाँसँग भन्दा कुइराहरुसँग गर्न मन पराउँछन्।

डिसी नेपाल डटकमबाट साभार

२०७५ भदौ १४ गते १२:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर