गोमन सर्पले डस्दा बालिकाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १४ गते १३:३४

झापाको कचनकवलमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलबहादुर भट्टराईको १४ वर्षीया छोरी पूजा भट्टराई रहेको प्रहरीले जनाएको छ ।

पुजालाई घरमै सुतिरहेका बेला गोमन सर्पले डसेर मृत्यु भएको हो । सर्पले डसेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको जनाइएको छ ।

पूजा स्थानीय पथरिया मावि कक्षा ८ की छात्रा हुन् । बालिकाको मृत्यु भएपछि गाउँले बिहीबार घर छेऊको जंगलमा रहेका गोमन सर्पलाई मारेका छन् ।

२०७५ भदौ १४ गते १३:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर