१९ लाखको पोको फोहोर सम्झिएर डस्टबिनमा फ्याँकेपछि

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १४ गते १४:०४

एजेन्सी । चीनमा एक व्यक्तिले फोहर सम्झेर १९ लाख रुपैयाँ डस्टबिनमा फालिदिए । चीनको लियाओनिंग प्रान्तमा वांग नामक एक व्यक्तिले घरबाट निस्किँदा एउटा हातमा फोहोरको झोला र अर्को हातमा १ लाख २४ युआन (लगभग १९ लाख नेपाली रुपैयाँ) बराबरको झोला बोकेर निस्किए ।

गल्तीले उनको फोहरको डस्टबिनमा पैसा भएको थैलो फालिदिए। र बैंकमा पैसा जम्मा गर्न जाँदा उनी फोहोरको झोला चाँही लिएर पुगे ।

उनको होसहवस नै उड्, दौडेर डस्टबिनमा पुगे । त्यहाँ वांगले पैसा खोज्ने धेरै कोसिस गरे तर पैसा भेटिएन । त्यसपछि वाग तत्कालै प्रहरीमा गए र त्यहाँ आफ्नो पैसा हराएको वेलिविस्तार लगाएर गुनासो दर्ता गराए ।

प्रहरीले त्यहाँको सिसिटिभी फुटेज जाँच गर्यो तर फुटेज प्रस्ट नभएका कारण केही पनि थाहा हुन सकेन् । त्यसपछि प्रहरीले त्यहाँ आसपासका मानिसहरुसँग सोधपुछ थाल्यो । सोधपुछमा एक महिला अगाडि आइन् । उनले पुलिसलाई पैसाले भरिएको व्याग दिइन् ।

महिलाले प्रहरीलाई आफू यो पैसाको थैलो भेटेपछि आरामसँग सुत्न नसकेकाले प्रहरीलाई जिम्मा लगाउन आएको बताइन् । महिलाको इमानदारी देखेर वांग निकै खुसी भए । उनले महिलालाई २ हजार युआन इनाम दिए ।

२०७५ भदौ १४ गते १४:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर