पाकिस्तानमै भेटिए इमरान खानका डुप्लिकेट, सेल्फि लिनेको भीड

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १४ गते १४:०७

एजेन्सी । पाकिस्तानको लोअर दिर क्षेत्रको सानो गाउँ फार फलंग आजकल चर्चामा छ ।

यसको कारण यहाँ बस्ने अयाज इलियास बाबु हुन् । जसलाई पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमराखानका डुप्लिकेट भनिन्छ ।अयाजको लोकप्रियता यति बढेको छ की दैनिक हजारौं मानिस उनको घरमा आउँछन् र उनीसँग सेल्फी लिन्छन् ।

अयाजले २०१३ को आम निर्वाचनमा पहिलो पटक आफूलाई इमरान खानको डुप्लिकेट भनेको बताए । गत महिना इमरानको पार्टी पीटीआईले चुनाव जितेपछि त अयाजको लोकप्रियता ह्वात्तै बढेको छ ।

मानिसहरु अयाजको अनुहार धेरै हदसम्म इमरान खानसँग मिल्ने बताउँछन् । जब उनी हाँस्छन् त्यो बेला लाग्छ इमराज सबैका सामु छन् । गाउँका मानिस उनलाई राम्रोसँग चिन्छन् तर मजाकमा प्रधानमन्त्री भनिदिन्छन् ।

अयाज पेन्टर हुन् । कामको क्रममा उनी अरु गाउँमा पनि जाने गर्छन् । जब उनी कुनै नयाँ सहरमा जान्छन्, उनलाई मानिसहरु इमरान खान नै सम्झन्छन् ।

साँचो कुराभन्दा पनि घण्टौसम्म उनलाई हेर्ने मानिसको भीड लाग्छ । अयाजको उमेर ४४ भयो भने इमरान ६४ वर्षका भए ।

डिसी नेपाल डटकमबाट साभार

२०७५ भदौ १४ गते १४:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर