महिलाबारे थाहा नभएका २० रोचक तथ्य जसले अचम्म पार्छन्

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १४ गते १४:३०

एजेन्सी । संसारमा धेरै बिषयहरुका रोचक तथ्यहरु रहेका छन् जुन सुन्दा अचम्म लाग्ने गर्दछ । जसमध्ये महिलाबारेका तथ्यहरु पनि रोमाञ्चकभित्र पर्दछन् । प्रकृतिले नै सुन्दर र कोमल बनाइदिएको कारण महिला आफै स्वभाविक रुपमा आर्कषणको केन्द्रबिन्दु मानिएको छ । विश्वको कुल जनसंख्यामा आधा जनसंख्या ओगटेको महिलाहरुको बारेमा एक अध्ययनपछि सार्वजनिक भएका रोचक तथ्यहरु यस्ता छन् स्

१) सन् २०१२ मा भएको ओलम्पिकमा इतिहासमै पहिलोपटक महिला खेलाडीको सहभागिता बढि रहेको थियो । ओलम्पिकमा २६९ महिला थिए भने २६१ पुरुष सहभागी थिए ।

२) अमेरिकामा पुरुषभन्दा महिलाको जनसंख्या बढि रहेको छ । यस्तै अवस्था नेपालको पनि छ ।

३) हरेक ९० सेकेन्डमा एक महिलाको मृत्यु बच्चा जन्माउने क्रममा हुने गर्दछ ।

४) सबैको सोंचमा पुरुषले धेरै अश्लिल शब्द प्रयोग गरी कुराकानी गर्छन् भन्ने छ । तर पुरुषले जति नै महिलाहरुले पनि अश्लिल कुराकानी गर्ने गरेको अध्ययनले देखाएको छ ।

५) एकसय बर्ष भन्दा बढि बाँच्ने ५ मानिसहरुमा ४ महिला हुने गरेको छ। त्यसैले महिलाको आयु पुरुषको तुलनामा बढि हुने गर्दछ ।

६) गर्भावस्थामा निदाउदा घुर्ने महिलाहरुको बच्चा अन्य बच्चाहरुको तुलनामा होचो हुने मान्यता रहेको छ।

७) अमेरिकामा ४० प्रतिशत महिलाहरुले विवाह पहिले सन्तान जन्माउने गर्दछन् ।

८) साउदी अरबमा यदि श्रीमानले श्रीमतीलाई कफी बनाएर नदिए श्रीमतीले तलाक लिन सक्ने कानुनी व्यवस्था छ ।

९) Wyfman शब्दबाट Woman शब्दको जन्म भएको हो । जसको अर्थ हुन्छ wife of man।

१०) पुरुषको तुलनामा महिलाले २ गुण बढि आँखा झिम्काउने गर्दछ ।

११। एक महिलाले आफ्नो जीवनभरिमा ३ किलो लिपिस्टिक लगाउने गर्दछ ।

१२। पुरुषको तुलनामा महिलाको सुँघ्ने शक्ति कयौ गुणा बढि हुने गर्दछ ।

१३) महिलाका तुलनामा पुरुषको मुटुको धडकनको गति कम हुन्छ ।

१४) महिलाको पूरै जीवनको एक वर्ष कुन कपडा लगाउने भनेर सोचेर बित्ने गर्दछ । हरेक महिला आफ्नो लुक्सलाई लिएर एक दिनमा कम्तीमा ९ पटक सोच्ने गर्दछ ।

१५) विश्वमा अझैपनि समान काम गरेर पनि पुरुषको तुलनामा महिलालाई ३६ प्रतिशत कम पारिश्रमिक दिइने गरेको छ ।

१६)अफ्रिकी देशहरुमा नाइजेरिया शिशु जन्मदरमा अगाडि रहेको छ । त्यहाँको हरेक महिलाले औसतमा ७ बच्चा जन्माउने गरेका छन् । जुन विश्वमा सबैभन्दा धेरै हो ।

१७) सबैभन्दा कम उचाईकी आमा बन्ने महिला जम्मा २ फिट ४ इन्चको थिइन् ।

१८) सबैभन्दा कम उमेरमा डिभोर्स गर्ने बालिका जम्मा १० बर्षको थिइन् ।

१९) एक महिलाले आफ्नो जीवनको १० बर्ष भान्छामा बिताउने गरेको अध्ययनले बताएको छ ।

२०) सबैभन्दा बढि बच्चा जन्माउने महिलाको रेकर्ड रुसको महिलाको नाममा रहेको छ । उनले ६९ वटा बच्चा जन्माएकी छिन् ।

डिसी नेपाल डटकमबाट साभार

२०७५ भदौ १४ गते १४:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर