तीजको दर स्वादिष्ट बनाउने गज्जबको उपाय (विधि सहित)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १४ गते १४:४८

काठमाडौं । नेपाली हिन्दू महिलाहरुको महान पर्व तीज नजिकिएको छ । तीजमा व्रत र नाचगान संगै दरले पनि विशेष महत्व राख्छ। दरको रुपमा पहिले पहिले खीरलाई लिइन्थ्यो भने अहिले खिर संगै विभिन्न अरु परिकार पनि बनाउने गरिन्छ। दरमा अहिले पुलाउलाई मूख्य खानाको रुपमा लिइन्छ।

पुलाउ बनाउनको लागि प्रेसर कुकर वा राइस कुकरमा घ्यु तताउनुपर्छ र त्यसमा ल्वाङ्ग, सुकमेल, काजु, किसमिस जस्ता मसला फुराउनुपर्छ। त्यसपछि त्यसमा चामल राखेर भुट्नुपर्छ भुटीसकेपछि त्यसमा पानी राख्नुपर्छ। त्यसमा पानी राखिसकेपछि कुकरलाई बन्द गरेर पकाउनुपर्छ। पुलाउ पकाउन छोडेपछि मासु पकाउन सकिन्छ।

तीजको दरमा आजकल चनाको छोलेमसला पनि बनाउने गरिन्छ। यसको लागि चना, अदुवा, लसुन, टमाटर, प्याज, जिरा, हरियो खुर्सानीको आवश्यकता पर्छ। सुरुमा अदुवा, लसुन, टमाटर, प्याज र खुर्सानीको पेस्ट गराउनुपर्छ।

त्यसपछि एउटा भाँडोमा तेल तताएर त्यसमा जिरा फुराउनुपर्छ। अब त्यसमा ल्वाङ, सुकमेल आदि मसला र बेसार राख्नुपर्छ । त्यसमा अघिको पेस्ट राख्नुपर्छ र त्यसमा गरम मसला, नुन राखेर केही छिन पकाउनुपर्छ। त्यसपछि भिजाएको चना राखेर मिक्स गरेपछि पानी राखेर पकाउनुपर्छ।

२०७५ भदौ १४ गते १४:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर