घटना रहस्यमय ! मृत अवस्थामा महिला फेला

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १४ गते १४:५९

लमजुङ । मध्यनेपाल नगरपालिका- १ जितामा आज एक महिला मृत अवस्थामा फेला परेको छ । साविक जिता गाविस, निबुवाटारी बस्दै आएकी ५९ वर्षीया दमन्ती घिमिरे मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

घिमिरेको घरमा ढोका खुला रहेको र घरभित्र बाँदर पसेपछि छिमेकीले लखेट्ने क्रममा मृत अवस्थामा फेला परेको हो । घिमिरेको गएराति हत्या भएको अनुमान गरिएको छ ।

घरमा एक्लै बस्दै आएकी घिमिरेलाई खोज्दै जाँदा शरीरमा चोट र रगताम्य अवस्थामा मृत फेला पारेपछि तत्काल प्रहरीलाई खबर गरिएको वडा अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।

घिमिरेको टाउको, नाक, मुख र घाँटीमा गम्भीर चोट देखिएको छ भने एउटा हात र आँैला पनि भाँचिएको अवस्थामा रहेको स्थानीय बासिन्दाले बताएका छन् । सन्तान नभएकी घिमिरे अमेरिकामा रहेका आफ्ना श्रीमानसँग अंशबण्डा गरी छुट्टिएर एक्लै बस्दै आएकी थिइन् ।

घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट कर्तव्य भएको यकिन गर्न सकिने घटनास्थल पुग्नुभएका लमजुङका प्रहरी प्रमुख यादव ढकालले बताए । प्रहरीले पोखराबाट कुकुर ल्याएर घटनास्थल र घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

२०७५ भदौ १४ गते १४:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर