सलमानको फिल्म छाडेकी प्रियंकालाई हात लाग्यो अर्को फिल्म

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १४ गते १७:१२

एजेन्सी । सलमान खानको बहुचर्चित फिल्म ‘भारत’ छाडेकी प्रियंका चोपडाले अर्को फिल्म खेल्ने पक्का भएको छ । हालसालै आफ्ना प्रेमीसँग इन्गेजमेन्ट गरेकी उनले विशाल भारद्वाजको निर्माण तथा निर्देशनमा बन्ने फिल्म गर्ने पक्का भएको हो ।

भारद्वाज आफैंले यो कुरा पुष्टि गरेका छन् । ‘पटका’ फिल्मको गीत सार्वजनिक कार्यक्रममा उनले प्रियंकाले आफ्नो फिल्म गर्न लागेको खुलाए ।

उनले अहिले दुवै पक्षबीच छलफल भइरहेकाले चाँडै सम्झौता हुने बताए । हाल फिल्मको स्क्रिप्टको काम भइरहेको उनले बताए ।

भारद्वाजका अनुसार अहिले नै नाम नखुलाइएको उक्त फिल्मको सुटिङ अर्को वर्षबाट थालिनेछ । फिल्मकै लागि विशाल र प्रियंकाबीच चार चरणमा कुराकानीसमेत भएको बताइएको छ ।
दुवैले यसअघि ‘कमिने’ र ‘सात खुन माफ’ फिल्ममा काम गरेको अनुभव संगालिसकेका छन् ।

२०७५ भदौ १४ गते १७:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर