सर्पदंशबाट बालिकाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १५ गते १:३३

बनियानी, झापा । कचनकवल गाउँपालिका–२ मा सर्पदंशबाट बिहीबार एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कचनकवल–२ का तीलबहादुर भट्टराईको १४ वर्षीया छोरी पूजा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

घरमा सुतिरहेका अवस्थामा बालिकालाई गोमन सर्पले डसेपछि उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूजा सोही स्थानको पथरिया मावि कक्षा–८ मा अध्ययरत विद्यार्थी हुन् । बालिकाको मृत्यु भएपछि गाउँलले हिजै घर छेउको जङ्गलमा रहेको उक्त सर्पलाई मारेका थिए ।रासस

२०७५ भदौ १५ गते १:३३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर