बिमस्टेक सम्मेलन : ४ पाहुना आजै स्वदेश फर्किने

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १५ गते २:०७

काठमाडौं । बिम्स्टेक सम्मेलनमा भाग लिन काठमाडौं आएका सरकार तथा राष्ट्रप्रमुखहरू शुक्रबारै (आज) देखि स्वदेश फर्किने भएका छन् ।

बिम्स्टेकमा भाग लिन आएका भारत, बंगलादेश, थाइल्यान्ड, श्रीलंका, भुटान र म्यानमारका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख आज फर्किनेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार आज तीन देशका प्रधानमन्त्री र एक देशका राष्ट्रपति स्वदेश फर्कने कार्यक्रम छ । शनिबार ९भोलि० एक र आइतबार एक देशका पाहुना स्वदेश फर्किनेछन् ।

बंगालदेशकी प्रधानमन्त्री शेख हसिना सम्मेलन सम्पन्न हुनासाथ फर्किने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि स्वदेश फर्किनेछन् ।

थाइल्यान्डका प्रधानमन्त्री जनरल चन ओ चास र म्यानमारका राष्ट्रपति ऊ विन मिन्ट पनि शिखर सम्मेलन सम्पन्न गरेर स्वदेश फर्कने कार्यक्रम छ । भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्यान्पोछिरिङ वाङचुक भोलि र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना आइतबार फर्कने कार्यक्रम छ ।

भारतका प्रधानमन्त्री मोदी, बंगालदेशकी प्रधानमन्त्री हसिना र थाइल्यान्डका प्रधानमन्त्री जनरल चन ओ चास शुक्रबार काठमाडौं आएका थिए । म्यानमारका राष्ट्रपति ऊ विन मिन्ट मंगलबार काठमाडौं आएका थिए भने श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश वाङचुक बुधबार काठमाडौं आएका थिए । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

२०७५ भदौ १५ गते २:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर