आज बिजोर नम्बरका सवारी मात्रै चल्न पाउने

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १५ गते २:२२

काठमाडौं । काठमाडौं उपत्यकामा आज (शुक्रबार) बिजोर नम्बर भएका सवारी साधन मात्र चल्न पाउनेछन्। जोर–विजोर प्रणाली लागु भएको तेस्रो दिन आज बिजोर नम्बरका सवारी चल्नेछन् ।
बिहिबारदेखि सुरू भएको बिमस्टेक सम्मेलनका लागि ट्राफिक व्यवस्थापन गर्न भन्दै भदौ १३, १४ र १५ गते तीन दिन जोर–विजोर प्रणाली लागु गरिएको थियो । जसअन्तर्गत १३ गते (बुधबार) बिजोर, १४ गते (बिहीबार) जोर नम्बरका सवारी मात्रै चलेका थिए । आज भने सवारीको अन्तिम नम्बर १, ३, ५, ७, ९ का गाडी चल्न पाउनेछन् ।

नम्बर प्लेटको अन्तिम अंकका आधारमा जोर–विजोर प्रणली लागू गरिएको हो ।

२०७५ भदौ १५ गते २:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर