बिमस्टेक शिखर सम्मेलन आज सकिँदै, ४ पाहुना आजै स्वदेश फर्किने

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १५ गते ३:२६

काठमाडौं । बिहीबारदेखि शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आज सकिँदैछ । काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलनको समापन हुनेछ ।

कार्यतालिकानुसार १० बजेर ३० मिनेटमा सम्मेलन औपचारिक रूपमा सुरु हुनेछ । मध्याह्न १२ बजे बिम्स्टेक शिखर सम्मेलन काठमाडौं घोषणापत्र पारित गरिएसँगै १२ बजेर २० मिनेटमा सामूहिक फोटो सेसनपछि पत्रकार सम्मेलन गरी सम्मेलन समापनको घोषणा हुनेछ ।

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशी प्रधानमन्त्री शेख हशिना, म्यानमारका राष्ट्रपति विन मिन्टऽ थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा , भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्यान्पोछिरिङ वाङचुक र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना सहभागि छन् ।

यसैबीच सम्मेलन सकिएसँगै सदस्य राष्ट्रका सरकार प्रमुखमध्ये ४ जना आज स्वदेश फर्किनेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री मोदी, बंगलादेशकी प्रधानमन्त्री हसिना र म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा आज स्वदेश फर्किनेछन् ।

भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्यान्पोछिरिङ वाङचुक भोलि र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना आइतबार फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

२०७५ भदौ १५ गते ३:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर