७ तस्वीरमा हेर्नुहोस्, गायक तथा नाटयकर्मी हरिप्रसाद रिमालको अन्तिम श्रद्धाञ्जली

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १५ गते ४:५२

काठमाडौं । गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ ।

रिमालको आज विहान १ बजे आफ्नै निवास बानेश्वर हाइटमा निधन भएको हो । ९३ वर्षीय रिमाल लामो समयदेखि अस्वस्थ थिए । उनी घरमै आराम गर्दै आइरहेका थिए ।

रिमालप्रति श्रदाञ्जली अर्पण गर्न अहिले उनको बानेश्वर हाइटस्थित निवासमा कलाकारहरु पुगेका थिए ।

रिमालका ‘फगत एक नजरमा कसैले लियो मन’ लगायत गीत चर्चित छन् । रिमालका भाइसमेत रहेका उनको परिवार नै नाटकमा लागेकाले उनी सानैदेखि यसमा जोडिएका थिए । उनले ‘आमा’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’ लगायतका चलचित्र तथा नाटकमा अभिनय गरेका थिए । अभियनसँगै उनले निर्देशनको पाटोसमेत सम्हाले । गायन, निर्देशन, संगीत र अभिनय सबैमा उनी अब्बल् थिए ।

उनको पार्थिव शरीरलाई बिहान १० बजेसम्म निवासमा राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । तस्वीरहरु : आर्यन धिमाल

२०७५ भदौ १५ गते ४:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर