काठमाडौँबाट दाङ जाँदै गरेको कार जुगेडी पुलबाट खस्यो, दुई जना घाईते

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १५ गते ५:०३

चितवन । काठमाडौँबाट दाङ जाँदै गरेको कार आज बिहान जुगेडी पुलबाट तल खस्दा दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयलका अनुसार बिहान ७ बजेतिर बा१७च २२१ नं को कार आफै अनियन्त्रित भई नारायणगढ मुग्लिन सडक खण्डको जुगेडी पुलबाट तल खसेको हो ।

कारका चालक रामेछाप निवासी २१ वर्षीय एकराज खत्री र कारमा सवार कञ्चनपुर जिल्लाको बेलौलीका ३४ वर्षीय दुर्गाप्रसाद चौधरी घाइते भएका छन् । पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उनिहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

२०७५ भदौ १५ गते ५:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर