१८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सकियो चौथो विमस्टेक सम्मेलन

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १५ गते ७:१६

काठमाडौं । १८ बुँदे घोषणापत्र जारी गर्दै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनको दोस्रो दिन सम्मलेनका एजेण्डामाथि छलफल सकेर १८ बुँदे काठमाडौ घोषणापत्र जारी गर्दै सम्मेलन समापन भएको घोषणा गरिएको हो ।

घोषणापत्रमा सातवटै सदस्य राष्ट्रका सरकार प्रमुखहरुले हस्ताक्षर गरेका छन् । समापन समारोहमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्रमा हस्ताक्षर भएको छ । यो सम्झौताले बिमस्टेकका सदस्य देशहरूबीच उर्जा आदानप्रदानको बाटो खोल्नेछ ।

सम्मेलन बिहिबारबाट काठमाडौँमा शुरु भएको थियो ।

यसैबिच बिमस्टेकको सम्मेलन सम्पन्न भएसंगै आजै बंगलादेश, म्यानमार, थाइल्याण्ड र भारतका सरकार तथा राष्ट्रप्रमुख स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

२०७५ भदौ १५ गते ७:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर