पुरुषको गोप्य अंगको चित्रले भरिएको छ गाउँ, फोटो खिचाउन युवतीको भीड

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १५ गते ८:०६

एजेन्सी। यो सुन्दर दुनियामा मानिस मात्रै विचित्रका छैनन् ठाउँ पनि विचित्रको छ। यस्ता ठाउँ आफैंमा खास छन्। किनभने या अद्भुत संस्कृतिले यस्ता ठाउँलाई अन्यभन्दा अलग बनाइदिन्छ।

तर यस्ता ठाउँलाई प्रकृतिले नै अद्भुत बनाइदिन्छ भने केही ठाउँलाई मानिस स्वयंले अद्भुत बनाइदिन्छन्। आज हामी तपाइँलाई यस्तो ठाउँका विषयमा जानकारी दिन गइरहेका छौं जहाँको घरका बाहिरी भित्तामा पुरुषको गोप्प अंगको पेन्टिङ भेटिन्छन्। यस्तो भुटानको परम्परा हो जसले विश्वमा चर्चा कमाएको छ।

भुटानमा साधु सन्तसँग आर्शिवाद लिन आउने जोडीलाई पनि आर्शिवादका रुपमा काठले बनाइएको पुरुषको गोप्य अंग दिइन्छ। यो विचित्रको परम्परा भुटानको राजधानी थिम्पू शहर नजिकै पुनाखा गाउँको हो।
यो गाउँमा यस्तो परम्परा १५ औं शताब्दीमा सुरु भएको विश्वास गरिन्छ। गाउँलेका अनुसार यो परम्परालाई पीसिन आर्ट भनिन्छ। अझ रमाइलो त के छ भने यसको सुरुवात शिक्षाको प्रचार प्रसार गर्ने क्रममा सुरु गरिएको थियो। त्यो बेला तिब्बती गुरु द्रुक्पा कुन्ले यो परम्पराको सुरुवात गरेका थिए।

गुरु द्रुक्पा त्यहाँकी एक युवतीको सुन्दरतादेखि निकै प्रभावित भए। त्यतिमात्रै होइन गुरुले गी युवतीसँग शारीरिक सम्बन्ध पनि बनाए। त्यसपछि युवती गर्भवती भइन्। त्यसपछि यी युवतीको गोप्य अंगको ठूलो तस्वीर बनाएर राखियो। र त्यो ठाउँको नाम उर्वरता मठ राखियो। यो गाउँमा वर्षेनी लाखौं पर्यटक आउँछन्। जो यहाँ राखिएको पुरषको गोप्य अंगको पेन्टिङसँग फोटो खिचाउँछन्।

डिसी नेपालबाट साभार

पुरुषको गोप्य अंगको चित्रले भरिएको छ गाउँ, फोटो खिचाउन युवतीको भीड

 

२०७५ भदौ १५ गते ८:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर