किसान नेताका छोराले मध्येराति बाटोमा सुतिरहेका व्यक्तिमाथि गाडी कुदाए, दुईको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १५ गते १२:५०

जयपुर । गएराति बिजेपीका एक नेताका छोराले बाटोमा सुतिरहेका व्यक्तिमाथि गाडी गुडाएपछि २ जनाको ज्यान गएको छ।

घटना भारतको राजस्थानस्थित जयपुरको हो। बिहीबार राति बिजेपी नेताका छोरा भूषण मिणाले मदिरा सेवन गरेर ड्राइभिङ गरेका थिए। सो क्रममा उनले नियन्त्रण गुमाएर बाटोमा सुतिरहेका जनामाथि गाडी कुदाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भूषण करौती जिल्लाका बिजेपी किसान मोर्चाका अध्यक्ष बद्रीनारायणका छोरा हुन्। बद्रीनारायणले विधानसभा सिटमा चुनाव लड्नका लागि बिजेपीसँग टिकट मागिरहेका थिए। एजेन्सी

२०७५ भदौ १५ गते १२:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर