जुन सिरियलले आमालाई दियो सर्वाधिक सफलता, त्यही रोल छोरीले गरिन् अस्वीकार

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १५ गते १४:०५

मुम्बइ। एकता कपुरको चर्चित सिरियल कसौटी जिन्दगी कीको सिक्वेल आउँदैछ । यो शोमा प्रेरणाको भूमिका एरिका फर्नान्डिजले निभाउँदैछिन् । तर, के तपाइँलाई थाहा छ यो रोल सुरुमा कसलाई अफर गरिएको थियो ? धेरैले अनुमान पनि गर्न नसक्ने गरी यो रोल १० वर्षअघिको कसौटीबाट घरघरमा चर्चित भएकी प्रेरणा अर्थात श्वेता तिवारीकी छोरी पलक तिवारीलाई अफर गरिएको थियो । यसको खुलासा स्वयं श्वेता तिवारीले गरेकी हुन् ।

१० वर्षअघि आमाले गरेकै भूमिकाको अफर आए पनि पलकले भने यो अफर अस्वीकार गरिन् । उनले आफ्नो करिअरको सुरुवातमै कुनै दैनिक शोको हिस्सा बन्न नचाहेको भन्दै अफर अस्वीकार गरेकी थिइन् । पलक अहिले आफ्नो पढाइ पूरा गर्नेतर्फ केन्द्रित छिन् । यस्तोमा दिनहुँ प्रसारण हुने सिरियलमा काम गर्दा उनको पढाइ पूरै प्रभावित हुनेछ । पलकले टिभीमा नभइ फिल्ममा करिअर बनाउन चाहेकी छिन् ।

पलक श्वेता तिवारीका पूर्वपती राजा चौधरीकी छोरी हुन् । राजासँग सम्बन्धविच्छेदपछि पलकको पालनपोषणको अधिकार श्वेताले पाएकी थिइन् । कसौटीको अघिल्लो सिजनमा श्वेताले प्रेरणा र सिजेन खानले अनुराग बासुको भूमिका निर्वाह गरेका थिए । यो सिरियलको अहिले सिक्वेल बन्न लागेको हो जुन स्टार प्लस टिभीमा प्रसारण हुनेछ ।यसको प्रिमियर १० सेप्टेम्बरमा हुनेछ ।

२०७५ भदौ १५ गते १४:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर