‘मनकी उजेली’मा देखिए अनुभव, प्रियङ्का र आयुश्मान (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १५ गते १४:१२

काठमाडौँ। फिल्म ’नाइँ नभन्नु ल’ मार्फत आफूलाई स्थापित गरेका कलाकार अनुभव रेग्मी अभिनीत गीत ’मनकी उजेली’ सार्वजनिक भएको छ । पछिल्लो रिलिज फिल्म ’नाइँ नभन्नु ल ५’ मार्फत चर्चामा रहेका अनुभवले म्युजिक भिडियोमा पनि प्रियङ्का कार्कीसँग स्क्रिन शेयर गरेका छन् ।

भिडियोमा अनुभव र प्रियङ्कासँगै आयुश्मान डिएस जोशी पनि फिचर्ड छन् । प्रियङ्काको माया पाउने प्रयत्न गरिरहेका आयुष्मानको तगारो भने अनुभव बनेका छन् । म्युजिक भिडियोमा अनुभवलाई केही भिन्न रुपमा प्रस्तुत गरिएको छ ।

नारायण भण्डारी ’जनकपुरी’ को शब्द र संगीत रहेको गीतमा दीपक महर्जनको स्वर रहेको छ । सुबोल थापाको कोरियोग्राफी रहेको गीतलाई बुद्ध थापाले छायाँकङ्न गरेका हुन् । विकास धमलाको सम्पादन रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् । जिन्दगी रक्स र फाटेको जुत्ताको समेत निर्देशन गरिसकेका निकेश पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा अगाडि आउने नाम मध्यका एक हुन् ।

२०७५ भदौ १५ गते १४:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर